लुक्लामा समिट एयरको विमान दुर्घटनाहुँदा २  जनाको मृत्यु, ३ गम्भीर घाइते

मृत्यु हुनेमा समिट एयरका को-पाइलट सुदिप ढुंगाना र नेपाल प्रहरीका असई रामबहादुर खड्का रहेका छन् ।

काठमाडौं । सोलुखुम्बुको लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समिट एयरका को-पाइलट सुदिप ढुंगाना र नेपाल प्रहरीका असई रामबहादुर खड्का रहेका छन् । घाइते हुनेहरुमा समिट एयरका पाइलट, मनाङ एयरका पाइलट र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ रहेका छन् ।

आइतबार बिहान रामेछापबाट गएको विमान यात्रु छाडेर पुनः रामेछाप फर्कने क्रममा दुर्घटना भएको समिट एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले बताएका छन् । पाण्डेका अनुसार उड्ने क्रममा मनाङ एयरको एउटा र श्री एयरको एउटा गरी दुई ओटा हेलिकोप्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।