बजेट तोकिएकै ठाउँमा प्रयोग गर्नुस्ः मन्त्री अर्याल

रकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उनले सरकारका कामले पूर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको जीवन स्तरमा देखिने गरी परिवर्तन ल्याउने दावी गरिन् ।

काठमाडौं । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताएकी छन् । सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उनले सरकारका कामले पूर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको जीवन स्तरमा देखिने गरी परिवर्तन ल्याउने दावी गरिन् ।

स्याङ्जाको वालिङ नगरपालिका २ स्थीत छप्राकमा दलित महिलाहरुद्वारा स्थापना गरेको सिद्धबाबा श्रमिक महिला सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै मन्त्री अर्यालले काम गर्दा पारदर्शी रुपमा गर्नुपर्ने बताइन् । मन्त्री अर्यालले सरकारले पठाएको बजेट तोकिएकै ठाउँमा प्रयोग गर्नसमेत निर्देशन दिइन् । मन्त्री अर्यालले श्रमिकलाई हेलोहोचो गरेर देशको विकास नहुने भन्दै सरकारले श्रमिकहरुलाई सम्मान गर्ने मन्त्री अर्यालले बताइन् । काम गरेर कोही सानो नहुने भन्दै उनले श्रमिकहरुलाई कामको उचित मूल्य दिनुपर्नेसमेत बताइन् ।