यूबीएस र पीडब्ल्यूसीको एउटा नयाँ रिपोर्टअनुसार गत वर्षको अन्त्यमा विश्वभरिमा एक हजार ५४२ अर्बपतिहरु ६ खर्ब डलरको विशाल धननिधिमा विराजमान थिए । उनीहरुका लागि खुसीको कुरा यो हो कि, यो रकम पहिलो वर्षको ५.१ खर्ब डलरभन्दा बढी हो ।
अहिले एसियामा अमेरिकामा भन्दा बढी अर्बपतिहरु छन्, तथापि सबैभन्दा बढी पैसा भने अमेरिकामै छ ।
यूबीएस र पीडब्ल्यूसीको एउटा नयाँ रिपोर्टअनुसार गत वर्षको अन्त्यमा विश्वभरिमा एक हजार ५४२ अर्बपतिहरु ६ खर्ब डलरको विशाल धननिधिमा विराजमान थिए । उनीहरुका लागि खुसीको कुरा यो हो कि, यो रकम पहिलो वर्षको ५.१ खर्ब डलरभन्दा बढी हो ।
रिपोर्ट भन्छ, ‘र, इतिहासमा पहिलो पटक अमेरिकीहरुको तुलनामा एसियाली अर्बपतिहरुको सङ्ख्या धेरै देखिएको छ ।’ हुन त, अमेरिकी अर्बपतिहरुसँग अझै पनि अर्बौं बढी सम्पत्ति छ । सन् २०१६ मा अमेरिकी अर्बपतिहरुको सम्पत्ति सन् २०१५ भन्दा १५ प्रतिशत बढी, २.८ खर्ब डलर पुगेको थियो । एसियाका अर्बपतिहरुको सम्पत्तिमा पनि सन् २०१५ को १.५ खर्बको तुलनामा दुई खर्ब डलर थपियो । कमोडिटी र रियल इस्टेटको बढ्दो मूल्यको लाभ पाउनाले गत वर्षका नवअर्बपतिहरुमा तीन तिहाइजति चीन र भारतका थिए । मात्र चार वर्षको समयमा एसियाली अर्बपतिहरुले कुल सम्पत्तिमा पनि अमेरिकालाई पछि पार्ने छन् भनी यूबीएस र पीडब्ल्यूसीले आशा व्यक्त गरेका छन् ।
अर्बपतिहरुद्वारा सञ्चित अधिकांश धन उपभोक्ता र खुद्रा उद्योगहरुबाट आउँछ, त्यसपछि प्राविधिक उद्योगबाट । सन् २०१६ मा कमोडिटीको मूल्यमा आएको तरङ्गले वस्तुगत क्षेत्रमा बाँधिएका अर्बपतिहरुको सङ्ख्या बढेको देखियो । सन् २०१६ मा वस्तु क्षेत्रबाट बनेका अर्बपतिहरुले धनको सबैभन्दा बढी वृद्धि गरे । किनकि, वस्तुको मूल्यमा वृद्धि, उत्खनन् तथा तेलको भागबन्डाले यिनको खल्ती थप गहु्रँगो हुन पुग्यो ।
तस्बिरः रोयटर्स/खाम