राजदुत पराजुलीलाई ‘सुप्रबल जनश्री’ सम्मान

ओमनका लागी राजदुत पराजुलीले ओमानमा बसेर नेपाली कामदार र राष्ट्रका लागी गरेको कार्यको कदर गर्दै सरकारले उनलाई सुप्रबल जनश्रीबाट सम्मान गर्ने निणर्य गरेको थियो ।

काठमाडौं । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली सुप्रबल जनश्री बाट सम्मानित भएकी छन् । पराजुलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनश्री ग्रहण गरेकी हुन् । ओमनका लागी राजदुत पराजुलीले ओमानमा बसेर नेपाली कामदार र राष्ट्रका लागी गरेको कार्यको कदर गर्दै सरकारले उनलाई सुप्रबल जनश्रीबाट सम्मान गर्ने निणर्य गरेको थियो ।

पराजुली ओमानका लागि राजदुत भएर गएपछि त्यहाँ रहेका नेपालीहरुका धेरै समस्या हल भएका छन् । त्यसैगरी राजदुत पराजुलीले नेपाल र ओमानबीचको सम्बन्धलाई पनि झनै प्रगाढ बनाउने कार्य गर्दै आएकी छन् ।