मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउन २९०संस्था तयार

निरिक्षणपछि आवश्यक मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थाहरुले मात्र रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गराउन पाउने छन् ।

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउन ३५२ वटा स्वास्थ्य संस्थाहरुले सुचिकृतको लागि आवेदन दिएका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि इच्छुक स्वास्थ्य संस्थाहरुलाई सुचिकृतका लागि आब्हान गरेको थियो ।

स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरुलाई दोश्रो पटक म्याद थप गरिएको थियो । जस्मा पहिला २२६ र दोश्रो पटकमा १२६ वटा संस्थाहरुले आवेदन दिएको मन्त्रालयले जानकारी दिएको छ ।

सुचिकृत हुन आवेदन दिएका ती स्वास्थ्य संस्थाहरुको मापदण्ड निरिक्षण नेपाल र मलेसियाका प्रतिनिधिहरुले संयुक्त रुपमा गर्नेछन् । उनीहरुले निरिक्षणपछि आवश्यक मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थाहरुले मात्र रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गराउन पाउने छन् ।

ती संस्थाहरु छनौट पछि नयाँ कामदारहरु मलेसियामा रोजगारीका लागि जान पाउने छन् । हाल कलिङ भिसा आएकाहरुलाई अन्तिम श्रम स्वीकृति दिइरहेको छ ।