चीनका धनाढ्य ब्यापारी ज्याकमा भन्छन्– कामचोरहरुको संख्या बढ्दै गयो

उनको यो विचारलाई उनकै समकक्षी उद्योगी रिचार्ड लिउले पनि समर्थन गरेका छन् । लिउ ई कमर्श जाइन्ट जेडी डटकमको संस्थापक हुन् । लिउले चीनको तीव्र आर्थिक विकासले देशमा अल्छे कामचोरहरुको संख्या बढाएको बताएका थिए ।

एजेन्सी । चिनियाँ धनाढ्य तथा अनलाइन सपीङ जाइन्ट अलिबाबाका सहसंस्थापक ज्याकमाले हप्ताको ६ दिन १२ घण्टा काम गर्नु पर्ने आफ्नो तर्कलाई दोहोेर्याएका छन् । ज्याकमाले स्वघोषित ‘९९६ प्रणाली’ को समर्थन गरेपछि अहिले यो चिनियाँ मिडियामा तातो बहसको विषय बनेको छ ।

गत हप्ता माले यस्तो प्रणाली बिना चीनको अर्थतन्त्रले उसको तागत र क्षमता गुमाउने लेखेका थिए । शुक्रबार माले ९९६ घण्टा काम गर्न पाउनु एउटा कृपा भएको बताएका थिए । उनको यो विचारलाई उनकै समकक्षी उद्योगी रिचार्ड लिउले पनि समर्थन गरेका छन् । लिउ ई कमर्श जाइन्ट जेडी डटकमको संस्थापक हुन् । लिउले चीनको तीव्र आर्थिक विकासले देशमा अल्छे कामचोरहरुको संख्या बढाएको बताएका थिए ।

चीनले १९७० देखि २००० सम्म २५ वर्षको अवधिमा औसत दश प्रतिशतले आर्थिक विकास गर्न सफल भयो तर त्यसपछिका वर्षहरुमा उसको विकास ६ प्रतिशतको नजिकमा सिमित भएर गयो । जेडी डटकमले रोजगारीहरु कटौती गर्न लागेको खबरबीच उद्योगीको यस्तो प्रतिक्रिया आएको हो ।

जेडी डटकम कम्पनीलाई १९८८ मा स्थापना गरेका लिउले आफूको काम गर्ने शैलीका बारेमा बताउँदै लेखेका छन्, ‘म सेवाग्राहीहरुलाई २४ घण्टा सेवा प्रदान गर्न सकुँ भनेर सुत्ने बेलामा प्रत्येक दुई घण्टामा बिउझिने तरिकाले अलार्म राख्थे ।’ उनले अगाडी लेखे, ‘जेडी कम्पनीले पछिल्लो चार/पाँच वर्षमा कुनै पनि कर्मचारीको संख्या कटौती गरेको छैन । यसकारण कर्र्मचारीको संख्या तीव्र गतिमा बढिरहेको छ । मानिसहरुले दिने अर्डरको संख्या बढेको बढेकै छ जब कि कामको मात्रा घटीरहेको छ । यदि कामचोरहरुको संख्या यसरी बढिरहने हो भने यसले जेडीको आशा मर्नेछ । र कम्पनी निदर्यीपूर्ण तरिकाले बजारबाट फालिने छ । कामचोरहरु मेरा आत्मिय होइनन् ।’