फ्रान्सको ऐतिहासिक गिर्जाघरमा लागेको भीषण आगो नियन्त्रण

आगलागीको निरीक्षण गर्न घटनास्थलमा पुगेको राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थतलबाट उक्त गिर्जाघरको पुनःनिर्माण गर्ने बताएका छन् ।

एजेन्सी । १३ शताब्दीमा निर्माण भएको फ्रान्सको ऐतिहासिक गिर्जाघर नोटरी डेम क्याथिड्रेलमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । आगलागीको निरीक्षण गर्न घटनास्थलमा पुगेको राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थतलबाट उक्त गिर्जाघरको पुनःनिर्माण गर्ने बताएका छन् । आगलागी भयानक दुःखद घटना भएको बताउँदै अब अरु क्षेति हुन नदिने बताए । आगलागीका क्रममा गिर्जाघरको गरिमामय चुचुरो पनि ढलेको छ ।

उक्त गिर्जाघर ८५० वर्ष पूरानो हो । त्यहाँ वर्षेनी एक करोड ३० लाख पर्यटकहरु भ्रमण गर्न आउने फ्रान्सेली मिडियाले उद्रित गरेका छन् । आगलागीको क्रममा सो गिर्जाघरको स्तरोन्नतिको कार्य भइरहेको हुँदा कामकै परिणामले आगो लागेको हो वा हैन भन्ने विषय अस्पष्ट छ ।

पेरिसका अभियोजनकर्ताहरुले सीएनएनका अनुसन्धानकर्ताहरुसँग त्यस क्षेत्रमा काम गरिरहेका निर्माणकर्मीहरुको बयान लिने बताएका छन् । त्यहाँ सोमबार साझँबाट आगो लाग्न सुरु भएको थियो ।