सन् २०१८ को शीतकालीन ओलम्पिक खेलको उद्घाटन आज शुक्रबार,९ फरवरीमा समापन

स्टेडियम निर्माण गर्न ७८ करोड डलर खर्च गरिने छ, तर यतिका धेरै धनराशि खर्च गरेर बनाइएको यो क्रीडास्थलको आनन्द दर्शक र स्थानीय व्यक्तिहरुले लामो समयसम्म लिन सक्ने छैनन् । किनकि शीतकालीन ओलम्पिक खेल समापन हुनेबित्तिकै यसलाई भत्काइने छ ।

यस समारोहको आयोजना पियोङ चाङ ओलम्पिक स्टेडियममा गरिने छ । यस वर्षको खेलमा उद्घाटन र समापन समारोहका लागि ३५ हजार व्यक्ति अट्ने क्षमताको अस्थायी आयोजनस्थल निर्माण गरिने छ ।

स्टेडियम निर्माण गर्न ७८ करोड डलर खर्च गरिने छ, तर यतिका धेरै धनराशि खर्च गरेर बनाइएको यो क्रीडास्थलको आनन्द दर्शक र स्थानीय व्यक्तिहरुले लामो समयसम्म लिन सक्ने छैनन् । किनकि शीतकालीन ओलम्पिक खेल समापन हुनेबित्तिकै यसलाई भत्काइने छ ।

प्रतिस्पर्धा गर्ने सबै एथलिटहरु उद्घाटन समारोहमा गरिने ‘परेड अफ नेशन्स’ कार्यक्रमसँगै रङ्गशालामा प्रवेश गर्ने छन् ।
यो समारोह कोरियाली संस्कृति, कोरियाली पप सङ्गीत र कोरियाली इतिहासको उत्सव हुनेछ । विरोधी दुवै राष्ट्र उत्तर र दक्षिण कोरिया एउटै झण्डामुनि मार्चपास गर्न सहमत भएकाले ओलम्पिकका लक्ष्यहरुमध्ये एउटा लक्ष्य– ‘शान्ति’ शुत्रबार मात्रै प्रदर्शन गरिने अनुमान गरिएको छ ।

शुक्रवार ९ फेब्रुअरीका दिन हुने उद्घाटन कार्यक्रमको विश्वका विभिन्न भागमा हुने स्थानीय समय तालिका

दक्षिण कोरियाको पियोङ चाङ (केएसटी)ः साँझ ८ बजे
न्युयोर्क (ईट)ः बिहान ६ बजे
सिकागो (सीटी)ः बिहान ५ बजे
डेनभर (एमटी)ः बिहान ४ बजे
लास भेगास (पीटी)ः बिहान ३ बजे
लस एंजेल्स (पीटी)ः बिहान ३ बजे
होनोलुलु (एचएएसटी)ः मध्यरात १ बजे
सिडनी (एईटी)ः राती १० बजे
टोक्यो (जेएसटी)ः साँझ ८ बजे
मा‘स्को (एमएसके)ः दिउँसो २ बजे
पेरिस (सीईएसटी)ः दिउँसो १२ बजे
लन्डन (जीएमटी)ः बिहान ११ बजे