नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’बाट जमुना शर्मा ‘वर्षा’ सम्मानित भएकी छिन् ।
प्राज्ञ तीर्थ श्रेष्ठले रु २० हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले उनलाइ सम्मान गरे।
पोखरा लेखनाथ महानगरपालिका–५ प्रस्याङ निवासी सूवर्ण कोइराला तथा उनका परिवारजनबाट स्थापित सो पुरस्कारबाट प्रत्येक वर्ष एक जनालाई सम्मान गरिँदै आइएको छ ।
‘पोखरा एक्सप्रेस’ पाक्षिकको प्रधानसम्पादक, ‘देश सञ्चार’ मल्टिमिडिया अनलाइन तथा ‘रेडियो जननी’मा आबद्ध जमुना हाल सञ्चारिका समूह पश्चिमाञ्चलको अध्यक्ष तथा प्रेस चौतारीको केन्द्रीय सदस्य हुन।
कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्मा, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रतीभा छनोट समितिका संयोजक पुण्य पौडेल र महासंघका कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरेका थिए।
रासस








