रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलमा आयोजित एक कार्यक्रममा सांसद आचार्यले स्थानीय गाउँपालिकाहरुकै अधीनमा रहने गरी व्यक्तिगत लगानी १ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको स्काभेटर र डोजर प्रदान गरेका छन् ।
रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले बाटोले नछोएका जिल्लाका स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियान सुरु गरेका छन् । हालै लामाटोलबाट चित्रेपानी जोड्ने सडक निर्माण कार्यको सांसद आचार्यले उद्घाटन गरे ।
रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलमा आयोजित एक कार्यक्रममा सांसद आचार्यले स्थानीय गाउँपालिकाहरुकै अधीनमा रहने गरी व्यक्तिगत लगानी १ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको स्काभेटर र डोजर प्रदान गरेका छन् ।
रसुवा जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ, पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङलगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।
समृध्द रसुवा निर्माण अभियानअन्तर्गत जिल्लाका सबै ठाउँलाई सडक सञ्जालमा जोडिने सांसद आचार्यले बताए । तत्कालका लागि पुनर्निर्माणमा संलग्न जनताहरुको ढुवानी लागत घटाउन यो अभियानले फाईदा पुर्याउने सासंद आचार्यले बताए ।
कार्यक्रममा रसुवाका प्रदेश सांसद प्रेम तामाङले आफ्नो व्यक्तिगत लगानीमा जिल्लाको विकास गर्न अगाडि सर्ने सांसद मोहन आचार्यका कारण समृध्द रसुवा निर्माण अभियानले छिटै सार्थकता पाउने बताए । यस्तो मनकारी नेता रसुवा जिल्लाले पहिलो पटक पाएको उनको भनाइ थियो ।
यसै गरी रसुवाको दुर्गम भेगका नागरिकका लागि नियमितरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरुको संस्था ‘आस्क फाउन्डेसन’सँगको सहकार्यमा टेलि मेडिसनका माघ्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउन सांसद आचार्यको पहलमा आजबाट काम सुरु भएको छ । पछि अन्य क्षेत्रमा पनि विस्तार गरिने यो कार्यक्रम हाललाई हप्ताको एक दिन पार्वतीकुण्ड गाउँपालिकाको गोल्जुङबाट सुरु गरिएको छ ।
यसका अतिरिक्त खाल्टेका भूकम्पबाट विस्थापितहरुलाई नियमितरुपमा स्वास्थ्य सेवा प्रदान गरेर सुरु भएको स्वास्थ्य शिविर कार्यक्रमलाई पनि अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरुको संस्था ‘आस्क फाउन्डेसन’सँगको सहकार्यमा निरन्तरता दिइने छ ।
शनिबार आयोजित निशुल्क स्वास्थ्य शिविरमा डा अनुराग अर्याल, डा मुकुल ढकाल, डा समन अर्याल, डा सुशील ज्ञवाली, डा अंशुमाला अधिकारी, डा विनिता गौतम र डा अविनाश पल्लभले स्वास्थ्य सेवा प्रदान गरेका थिए । स्वास्थ्य शिविरका लागि आवश्यक निशुल्क औषधि क्यूमेड फर्मास्युटिकल र देउराली जनता फार्मास्युटिकलले उपलब्ध गराएका थिए ।