बीआरआईले शासन व्यवस्थामा सुधार ल्याउन सघाउँछ

सडक, रेल र हवाई यातायातले यातायातलाई थप तीव्र बनाउनेछ, जसले व्यापारको विस्तारमा योगदान पुर्याउनेछ । यसले उत्पादकत्वलाई पनि सुधार गर्न सक्छ र यसले व्यापार चेनको नयाँ निर्माणमा सहयोग पुर्याउनेछ । साथै निर्माण र प्रशोधन उद्योगको विकास गर्नेछ । समग्रमा यसले सरकारीको कार्यशैलीमा सुधार ल्याउनेछ जुन वास्तवमा बीआरआईको प्रमुख उद्देश्य नै हो ।

एजेन्सी । थाइल्यान्डले चीनमा निर्यात गर्ने मूल फल हो— डुरियन । जब म आठ वर्षअघि थाइल्यान्डमा ग्लोबल टाइम्सको संवाददाता थिए, तब थाई निर्यातकर्ताहरुले मलाई सुनाउँथे, ती डुरियन फलहरुलाई टिपेर चीनको दक्षिणपूर्वी तटमा रहेको बन्दरगाहसम्म पुर्याउन १० दिन लाग्छ । डुरियन ६० देखि ७० प्रतिशतसम्म पाकेको अवस्थामा त्यसलाई टिप्नुपर्छ । उनीहरु सुनाउँथे– १० दिनसम्मको समयमा फल सुकेर त्यसले ढुवानीको क्रममा आफ्नो तौल गुमाउँछ यसकारण निर्यातकर्ताहरुको फाइदामा कमी आउँछ ।

तर चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)सँगै थप राजमार्ग र रेलरोडहरु निर्माण भएका छन् । यसले यातायातलाई थप सजिलो बनाएको छ । कस्टम क्ल्यिरेन्स सजिलो भएको छ, चीन र दक्षिणपूर्वी एसियाली मुलुकहरुका बन्दरगाहरुले उनीहरुको प्रक्रियालाई सजिलो बनाएर विद्युतिय कस्टम क्ल्यिरेन्स प्रयोग गर्न थालेपछि धेरै समय पनि बच्न थालेको छ ।

अहिले तत्काल थाइल्यान्डबाट डुरियनलाई चीनमा ढुवानी गर्न पाँच दिन लाग्छ । अब समुद्रमा आधारित यातायातलाई थल र जलमार्ग दुवैमा परिणत गरेपछि यो समय तीन दिनमा छोटिनेछ । यसरी डुरियनहरु कम सुक्नेछन् र उनीहरुको प्रतिगोटा मूल्य पाँच सय यान अर्थात् ७४.४ डलर मा बढ्नेछ ।

सडक, रेल र हवाई यातायातले यातायातलाई थप तीव्र बनाउनेछ, जसले व्यापारको विस्तारमा योगदान पुर्याउनेछ । यसले उत्पादकत्वलाई पनि सुधार गर्न सक्छ र यसले व्यापार चेनको नयाँ निर्माणमा सहयोग पुर्याउनेछ । साथै निर्माण र प्रशोधन उद्योगको विकास गर्नेछ । समग्रमा यसले सरकारीको कार्यशैलीमा सुधार ल्याउनेछ जुन वास्तवमा बीआरआईको प्रमुख उद्देश्य नै हो ।

विश्व बैंकका अनुसार मध्ये एसियामा आयात औपचारिकलाई पूरा गर्न ५० दिन लाग्छ, जब कि यो प्रक्रियाका लागि जी७ मुलुकहरुलाई करिब १० दिनको समय लाग्छ । यसले के देखाउँछ भने बीआरआई रुटअन्तर्गत पर्ने मुलुकहरुले सडक सञ्जालमा जोडिनलाई मात्र यो परियोजनाको फाइदा लिने होइन । तर प्रशासनको नीति र प्रणालीलाई परिवर्तन गर्न पनि यसमा जोडिन महत्वपूर्ण छ ।

सुधारिएको सडक सञ्जालले बढ्दो मागअनुसार उत्पदकहरुलाई उत्पादनमा वृद्धि गर्न थप प्रेरणा दिन्छ । उत्पादकहरुले प्याकेजिङमा पनि थप सुधार ल्याउन आवश्यक छ । थप माग र कार्य सम्पादन क्षमताले उत्पादकको आयमा वृद्धि गर्न मद्दत गर्छ ।

उत्पादकहरुको कार्यसम्पादनमा क्षमतामा वृद्धि भएसँगै नीति निर्माणकर्ता र व्यवस्थापकहरुको क्षमतामा पनि अभिवृद्धि आवश्यक छ । उनीहरुले उत्पादन र निर्यात व्यवस्थापनलाई सुधार गर्न आवश्यक छ ।

यी सम्पूर्ण परिवर्तनहरु सडकको अवस्थामा सुधार हुनुबित्तिकै सम्भव छैन । तर सडकमा आउने परिवर्तनले वास्तवमा फेसिलिटेटरको भूमिका भने खेल्छ । यसमा थाइल्यान्डको डुरियन निर्यात एउटा उदाहरणका रुपमा हेर्न सकिन्छ ।

व्यापार लिंकले विभिन्न क्षेत्रमा द्विपक्षीय र बहुपक्षीय सहकार्य ल्याएको छ । हाल चीन थाइल्यान्डको लागनीको सबैभन्दा ठूलो स्रोत हो । २०१८ मा चीनको अलिबाबा र जेडी डटकमलगायतका कम्पनीहरुले थाइल्यान्डमा डिजिटल व्यापार, ई कमर्स प्रशिक्षण, इन्टिलिजेन्ट वेयरहाउजिङ र लजिस्टिक्स कभर गर्ने आर्थिक तथा प्राविधिक सम्झौतामा हस्ताक्षर गरेको थियो । यसबाहेक चीन, जापान र थाइल्यान्ड, थाइल्यान्डको लाइट रेल निर्माणका लागि सहकार्यगत धारणामाथि छलफल गर्दै छन् ।

यो लिंकले दक्षिणपूर्वी एसियाली मुलुकहरुबीचको संस्थागत सहकार्यलाई पनि प्रवद्र्धन गरेको छ । चीन र थाइल्यान्डबीचको सडक सञ्जाल म्यानमार र लाओस हुँदै गुज्रिएको छ । हालैका वर्षमा यी दुई मुलुकमा सडक अवस्था र भन्सार प्रक्रियाहरुमा महत्वपूर्ण सुधार आएको छ, जुन आसियन मुलुकहरुको एकता प्रक्रियाको लाइनमा छ ।

पश्चिमा मिडियाहरुले बीआरआई अर्थतन्त्रमा मात्र केन्द्रित रहेको तर शासन व्यवस्थामा कुनै धारणा नबनाएको आरोपहरु सधैं लगाउने गरेका छन् । पश्चिमा मुलुकहरुले असल शासनलाई उनीहरुकै मापदण्डले परिभाषित गर्ने गरेका छन् । उनीहरुको नजरमा उनीहरुको मापदण्डलाई पूरा नगर्ने शासन शैली असल हुन्न भन्ने छ, जसको फलस्वरुप उनीहरुले लगानी र सहकार्यको योग्यता राख्दैनन् भन्ने छ ।

यसमाथि कति विकसित मुलुकहरुले असल सरकार न एक रातमा प्राप्त हुन सक्छ, त न पश्चिमा मापदण्डलाई प्रयोग गरेर मिल्छ भन्ने कुरा मनन गरिसकेका छन् । पर्याप्त उदाहरणहरुले यो कुरालाई प्रमाणित पनि गरिसकेको छ ।

अधिकांश विकसित मुलुकहरुले आफ्नो वास्तविक अवस्थामाथि नै सुस्त गति वा सक्रिय गतिमा निरन्तर शासन व्यवस्थामा सुधार ल्याए मात्र विकासको उत्कृष्ट बाटो पहिल्याउन सक्छ ।

बीआरआईले विकाससँगै शासन व्यवस्थामा सुधार ल्याउन देशहरुलाई सहयोग गरेको छ । सम्पूर्ण विशेष परियोजनाहरु डुरियन उत्पादन, सडक व्यवस्थापन, कस्टम लिंक र पुँजी र प्रविधिमा समन्वयले इन्च इन्च गर्दै नीति र शासन व्यवस्थामा परिवर्तन ल्याउँछ । विकासमा आधारित सुस्त शासन व्यवस्था सुधार नै असल शासन व्यवस्थाका लागि आधार बन्नसक्छ ।

लेखक ग्याङ पिपल्स डेलीका वरिष्ठ सम्पादक हुन् ।