संकटग्रस्त जेट एयरवेजका ५ विमानलाई एयर इन्डियाले भाडामा लिने

एयर इन्डियाले आफ्नो बोइङ ७७७ र बोइङ ७८७ विमानको अन्तराष्ट्रिय उडानका लागि यस अघि नै जेट एयरवेजका १५० जना क्याबिन क्रिउहरुलाई आफ्नो कम्पनीमा लिइसकेको छ । साथै एयर इन्डियाले अप्रिल २८ सम्म १९ ओटा अन्तराष्ट्रिय रुटमा यात्रा गर्ने यात्रुहरुलाई कन्फर्म रिटर्न टिकटसहित विशेष भाडाको सुविधा पनि अफर गरेको छ ।

एजेन्सी । जेट एयरवेजले आफ्ना उडानलाई अस्थाईरुपले सस्पेन्सन गर्ने घोषणा गरेसँगै राज्य सञ्चालित एयर इन्डियाले स्टेट बैङ्क अफ इन्डियासँग जेटका पाँच ओटा विमानलाई भाडामा लिनसक्ने सम्भावनामाथि कुरा गरेको छ । एयर इन्डियाले जेटले ग्राउन्ड गरेका उसका पाँचओटा वाइडबडी बोइङ ७७७ लाई लन्डन, दुबई र सिंगापूरजस्ता गन्तव्यका लागि प्रयोग गर्ने बताएको छ ।

यसबाहेक एयर इन्डियाले आफ्नो बोइङ ७७७ र बोइङ ७८७ विमानको अन्तराष्ट्रिय उडानका लागि यस अघि नै जेट एयरवेजका १५० जना क्याबिन क्रिउहरुलाई आफ्नो कम्पनीमा लिइसकेको छ । साथै एयर इन्डियाले अप्रिल २८ सम्म १९ ओटा अन्तराष्ट्रिय रुटमा यात्रा गर्ने यात्रुहरुलाई कन्फर्म रिटर्न टिकटसहित विशेष भाडाको सुविधा पनि अफर गरेको छ ।

जेट एयरवेज हाल एसबिआई बैङ्क नेतृत्वको ऋणदाता संगठनको व्यवस्थापनमा छ । यो व्यवस्थापनले सम्पूर्ण बोलपत्रहरुको मूल्यांकन गरेर सक्षम लगानीकर्तालाई ३२.१ देखि ७५ प्रतिशतसम्मको शेयर उपलब्ध गराउँछ । हालसम्म ऋणदाताहरुले चार पाँच ओटा पार्टीबाट ईओआई प्राप्त गरेको छ । व्यवस्थापनले सक्षम इच्छुकर्ताहरुलाई बोलपत्र बुझाउन आह्वान गरेको छ । यो प्रक्रिया आगामी मे १० भित्र समाप्त हुने बताइएको छ ।