आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विप्लवले यहि वैशाख ६ गते गिरफ्ता गरिएका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन भनेको छ ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध हटाएर गिरफ्तारी नरोके आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएको छ ।
आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विप्लवले यहि वैशाख ६ गते गिरफ्ता गरिएका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन भनेको छ ।
‘सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाईको माग गर्दछौँ । विज्ञप्तीमा भनिएको छ, ‘यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसकाविरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ । हामी अहिले पनि भन्दैछौँ, हामीलाई बाध्य नपारियोस् । जनतालई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ ।’
सरकारले यहिछ वैशाख ६ गते केन्द्रीय सदस्यहरु चुडामणी ओली ‘आदर्श’ चन्द्रबहादुर खड्का ‘असल’ र विश्वलाई पन? गिरफ्तार गरेको छ ।