श्रीलंकाको होटल र गिर्जाघरहरुमा बम विस्फोट, २० जनाको मृत्यु, २०० बढी घाइते

कोचचिकाडी, काटुवापिटिया र बाट्टिकोलिया नामका तीनओटा गिर्जाघरमा लक्षित हमला गरिनुका साथै राजधानी कोलम्बोस्थित सांग्रिला, सिन्नामोन ग्रान्ड र किंसबरी होलटमा विस्फोट भएको थियो । 

एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरुमा आइतबार विहान बम विस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका छन् । त्यहाँ कम्तिमा पनि ६ ओटा विस्फोट भएको अन्तराष्ट्रिय संचार माध्यमहरुमा खबर छ ।

कोचचिकाडी, काटुवापिटिया र बाट्टिकोलिया नामका तीनओटा गिर्जाघरमा लक्षित हमला गरिनुका साथै राजधानी कोलम्बोस्थित सांग्रिला, सिन्नामोन ग्रान्ड र किंसबरी होलटमा विस्फोट भएको थियो ।  क्रिस्चियन पात्रो अनुसार उनी बम हमला भएको इस्टर आइतबार उनीहरुको महत्वपूर्ण पर्वमध्ये एक हो ।

श्रींलंकाको मिडिया रिपोर्ट अनुसार घाइते हुनेमा विदेशी पर्यटनहरु पनि रहेको हुनसक्ने आशंका छ ।  हालसम्म हमलाको जिम्मा कुनै समूहले लिएका छैनन् ।