श्रीलंका आक्रमण अपडेटः मृतकको संख्या १३८ पुग्यो, २०० बढी घाइते (भिडियोसहित)

विभिन्न तीनओटा गिर्जाघर र तीनओटा होलटहरुलाई लक्षित गरी भएको बम विस्फोटमा परि मृत्यु हुनेको संख्या बढेर १३८ पुगेको नेश्नल हस्पिटलका निर्देशकलाई उद्रीत गर्दै श्रीलंकाको अनलाइन मिडिया डेल्ली मिररले बताएको छ ।

एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरुमा भएको विस्फोटनमा परि मृत्यु हुनेको संख्या १३८ पुगेको छ । विभिन्न तीनओटा गिर्जाघर र तीनओटा होलटहरुलाई लक्षित गरी भएको बम विस्फोटमा परि मृत्यु हुनेको संख्या बढेर १३८ पुगेको नेश्नल हस्पिटलका निर्देशकलाई उद्रीत गर्दै श्रीलंकाको अनलाइन मिडिया डेल्ली मिररले बताएको छ । यो बिस्फोटन आइतबार बिहान भएको हो ।

कोचचिकाडी, काटुवापिटिया र बाट्टिकोलिया नामका तीनओटा गिर्जाघरमा लक्षित हमला गरिनुका साथै राजधानी कोलम्बोस्थित सांग्रिला, सिन्नामोन ग्रान्ड र किंसबरी होलटमा विस्फोट भएको थियो । क्रिस्चियन पात्रो अनुसार उनी बम हमला भएको इस्टर आइतबार उनीहरुको महत्वपूर्ण पर्वमध्ये एक हो ।

श्रींलंकाको मिडिया रिपोर्ट अनुसार घाइते हुनेमा विदेशी पर्यटनहरु पनि रहेको हुनसक्ने आशंका छ । हालसम्म हमलाको जिम्मा कुनै समूहले लिएका छैनन् ।

भिडियो बीबीसीबाट ।