आइतबार पछिल्लो पटक भएको आठौं विस्फोटमा ३५ जना पर्यटकको मृत्यु भएपछि श्रीलङ्काको परराष्ट्र मन्त्रालयले त्यस्तो चेतावनी जारी गरेको हो ।
एजेन्सी । श्रीलङ्कामा शृङ्खलाबद्ध बम विस्फोट भएपछि त्यहाँको परराष्ट्र मन्त्रालयले श्रीलङ्कामा रहेका पर्यटक र त्यहाँ जाने योजनामा रहेका अन्य पर्यटकलाई चेतावनी जारी गरेको छ । आइतबार पछिल्लो पटक भएको आठौं विस्फोटमा ३५ जना पर्यटकको मृत्यु भएपछि श्रीलङ्काको परराष्ट्र मन्त्रालयले त्यस्तो चेतावनी जारी गरेको हो ।
श्रीलङ्कामा भएका आठ ओटा बम विस्फोटमा करिब दुई सय जनाको मृत्यु भएको छ ।
राजधानी कोलम्बोको बाहिरी क्षेत्र डिमाटागोडामा भएको आत्मघाती बम विस्फोटनमा प्रहरी अधिकारीहरु पनि मारिएका छन् । प्रहरीले त्यहाँ दुई जना संदिग्ध र शङ्कास्पद विस्फोटक पदार्थ पक्राउ गरेको छ ।
विस्फोटनपछि त्यहाँको सरकारले सामाजिक सञ्जाल बन्द गर्नुका साथै राति कर्फ्यु लगाउने घोषण गरेको छ । विस्फोटनको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
घटनाको धर्म गुरु पोप फ्रान्सिस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका विश्व नेताहरुले भत्र्सना गरेका छन् ।