मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ

शपथग्रहण समारोहमा ३ नं प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेल र प्रतिपक्षी दल कांग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सहभागिता थियो ।

प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री डोरमणि पौडेललाई हेटौंडामा आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छन् ।

प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन् । एमालेका तर्फबाट मकवानपुर–१ ‘ख’बाट निर्वाचित पौडेल प्रदेश ३ को संसदीय दलका नेता हुन् ।