आजका दिनमा विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर टोक्यो हो । हाल यहाँ तीन करोड ८० लाख मानिस बसोबास गर्छन् ।
मानव जनघनत्व भयावह दरले बढिरहेको छ । सन् २०५० सम्म यस धरातलमा लगभग १० अर्ब मानिस हुनेछन् । हामी वर्षौंदेखि यो सुनिरहेका छौं तर यो सबै वृद्धि कहाँ भइरहेको छ ?
आजका दिनमा विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर टोकियो हो । हाल यहाँ तीन करोड ८० लाख मानिस बसोबास गर्छन् ।
पचासी लाख जनसङ्ख्यासहित न्युयोर्क सहर अहिले पनि शीर्ष १०औं स्थानमा छ । तर आउँदा तीन दशकमा यो परिवर्तन हुँदैछ ।
अहिले अमेरिका र युरोपमा जनसङ्ख्या वृद्धि स्थिर छ, तर मध्यपूर्व, एसिया र अफ्रिकामा बस्ने मानिसहरुको सङ्ख्या बढेको बढ्यै छ ।
संयुक्त राष्ट्रको विश्व सहरीकरण प्रक्षेपणअनुसार सन् २०३० सम्म विश्वमा निम्न १० ठूला नयाँ सहर बन्ने छन् ।
१०. मेक्सिको सिटी, मेक्सिकोः २.३९ करोड मानिस
९. लागोस, नाइजेरियाः २.४२ करोड मानिस
८. कायरो, इजिप्टः २.४५ करोड मानिस
७. कराची, पाकिस्तानः २.४८ करोड मानिस
६. ढाका, बङ्गलादेशः २.७४ करोड मानिस
५. बेइजिङ, चीनः २.७७ करोड मानिस
४. मुम्बई, भारतः २.७८ करोड मानिस
३. साङ्घाई, चीनः ३.८ करोड मानिस
२. दिल्ली, भारतः ३.६१ करोड मानिस
१. टोकियो, जापानः ३.७२ करोड मानिस
द ग्लोबल सिटिज इन्स्टिच्युटको प्रक्षेपणअनुसार प्रजातान्त्रिक गणराज्य कङ्गोको किन्सासा भन्ने सहर सन् २०७५ सम्म सबैभन्दा बढी जनघनत्व भएको सहर बन्ने छ । र, २१०० सम्म यसले नाइजेरियाको लागोस सहरलाई भविष्यमा हुने ८८ मिलियन बढी जनसङ्ख्याले उछिन्ने छ ।
रेबेका ह्यारिङटन