शृङ्खलाबद्ध विष्फोटः न्यूजिल्यान्डको हमलाको जवाफ भएको श्रीलङ्काको भनाइ

श्रीलङ्काको सरकारले देशका होटल तथा गिरजाघरमा भएको शृङ्खलाबद्ध हमलाको सम्बन्ध न्युजिल्यान्डस्थित क्राइस्टचर्चको मस्जिदमा भएको हमलाको जवाफ रहेको जाँचले देखाएको बताएको छ ।

एजेन्सी । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध आक्रमणको पछाडि न्युजिल्यान्डको मस्जिदमा भएको हमलाको जवाफ भएको एउटा सुरुआती जाँचले देखाएको छ । श्रीलङ्काका उपरक्षामन्त्रीले मङ्गलबार एक बयानमार्फत त्यस्तो बताएका हुन् ।

श्रीलङ्काको सरकारले देशका होटल तथा गिरजाघरमा भएको शृङ्खलाबद्ध हमलाको सम्बन्ध न्युजिल्यान्डस्थित क्राइस्टचर्चको मस्जिदमा भएको हमलाको जवाफ रहेको जाँचले देखाएको बताएको छ । देशका रक्षा राज्यमन्त्री रुवान विजयवर्धनले संसदमा संसदीय जाँचबाट त्यस्तो खुलासा भएको बताएका हुन् । क्राइस्टचर्चमा मुसलमानहरुमाथि भएको हमलाको बदला लिन ती हमलाहरु भएको बताइएको हो ।

बम विष्फोटमा परी ३१० जनाको मृत्यु भएको बताइएको छ । गत मार्च १५ मा न्युजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा हमला हुँदा ५० जनाको मृत्यु भएको थियो ।