पानीको स्रोत नजोगाई बाटो खन्दा जैमिनी—८ का बासिन्दा काकाकुल

गाउँ—गाउँमा सिंहदरबार पुगेको छ तर, २ महिनादेखि काकाकुल हुँदासम्म पनि टुलुटुलु हेरेर बस्ने प्रवृत्ती पक्कैै राम्रो होइन् ।

काठमाडौं । बागलुङको जैमिनी—८ छिस्तीस्थित सेल्टापुका बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । विगत २ महिनाअघि स्थानीय राधीखोलाको पानीको मुहानमा बाढीले क्षति पु¥याएपछि त्यहाँका झन्डै १३ घरधुरीका बासिन्दा काकाकुल जस्तै बनेका हुन् ।

पानीको मुहान नजिकैबाट कृषि सडक खनेकाले ठूलो बाढी र भेल आउँदा मुहानमा बनाइएको पानी ट्याङ्की पुरेको छ भने पाइपहरु बगाएको छ । खानेपानी मुहान संरक्षणमा कुनै ध्यान नपु¥याइ जथाभावी डोजर चलाइदा त्यस्को प्रत्यक्ष मार सेल्टापुका बासिन्दालाई परेको छ । अहिले त्यहाँका स्थानीयले खानेपानीका लागि आधा घण्टा भन्दा बढि समय लगाएर पानी बोक्नुपर्ने अवस्था छ ।

स्थानीयले बाढीले पुरेको ठाउँमा गएर पानी फर्काउने सक्ने अवस्था छैन् । त्यसबारेमा जैमिनी ८, छिस्तीका वडाअध्यक्ष विजय शर्मालाई पटक पटक खानेपानीको समस्याबारे निवेदन गरेपनि त्यत्ती ध्यान नदिएको एक स्थानीयले बताए । ‘पटक पटक वडाअध्यक्ष ज्यूलाई खानेपानीको समस्या बारेमा भनेका छौं’ उनले भने, ‘उहाँलाई थाहा नभएको होइन् तर, वास्ता नै गर्नुहुन्न । हामी निकै समस्यामा छौं ।

यसबर्ष त्यही टोलमा ट्याङ्की बनाउन भन्दै कुल ७० हजार रुपैयाँ बजेट छुट्टिएपनि कहिलेसम्म कसरी बनाउने भन्नेबारे सोधपुछ सम्म गरिएको छैन् । त्यो बजेट पनि कस्का गोजीमा जाने हो या त्यत्तीका फ्रिज जाने हो पत्तो छैन् । तर, स्थानीय बासिन्दालाई खानेपानीमा परेको सास्तीप्रति सम्वन्धीत निकायले ध्यान पु¥याउनुनै पर्छ ।

गाउँ—गाउँमा सिंहदरबार पुगेको छ तर, २ महिनादेखि काकाकुल हुँदासम्म पनि टुलुटुलु हेरेर बस्ने प्रवृत्ती पक्कैै राम्रो होइन् ।