सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेनः पशुपतिशमशेर जबरा

प्रदेश नम्बर–३ स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राणाले भ्रष्टाचारका धरै घटनाहरू सार्वजनिक हुँदा पनि त्यसमा संलग्न व्यक्तिलाई कारवाही गर्न सरकारले चासो नदेखाएको आरोप लगाएका छन् ।

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न असफल भएको आरोप लगाएका छन् ।

राप्रपा संयुक्तले बुधबार काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर–३ स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राणाले भ्रष्टाचारका धरै घटनाहरू सार्वजनिक हुँदा पनि त्यसमा संलग्न व्यक्तिलाई कारवाही गर्न सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । संघीयता कार्यान्वयनसंगै भ्रष्टाचार पनि विकेन्द्रीकरण भई तल्लो तहसम्म पुगेको अध्यक्ष राणाले दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सरकारले वित्तीय अनुसाशन कायम गर्न नसकेका कारण विकास निर्माणका कामले गति लिन नसकेको बताए ।