‘बिप्लव’ समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको छः गृहमन्त्री थापा

गृहमन्त्री थापाले बिहीबार विराटनगरमा सञ्चारकर्मीसंग कुरागर्दै बिप्लवलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिक मुलधारमा ल्याउन सरकारले वार्ता आह्वान गरेको बताए ।

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।प्रदेश नम्बर १ को सुरक्षा गोष्ठीमा सहभागी हुन मोरङ पुगेका गृहमन्त्री थापाले बिहीबार विराटनगरमा सञ्चारकर्मीसंग कुरागर्दै बिप्लवलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिक मुलधारमा ल्याउन सरकारले वार्ता आह्वान गरेको बताए ।

सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको र बिखण्डनकारी समूहलाईसमेत मुलधारमा ल्याईसकेको अवस्थामा बिप्लव समूहलाई वार्तामा आउनुको विकल्प नभएको उनको भनाई थियो । उनले बिप्लव समूहले विध्वंसकारी गतिबिधी गरेकै कारण सरकाले उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।

सरकारले यो वर्षलाई समवृद्धिको आधारवर्ष मानेर अघि बढेको र आवश्यक पूर्वाधार तयार गरेको उनले बताए । सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसंगको सम्वन्धमासमेत सुधार गर्न सफल भएको गृहमन्त्री थापाले दाबी गरे ।