राजदूत कोइरालालाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णयका बारेमा बताएका हुन् ।

काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णयका बारेमा बताएका हुन् । तर, सरकारले कोइरालालाई देश फिर्ता बोलाउनुको कुनै कारण भने स्पष्ट पारेको छैन ।

कोइराला पछिल्लो देउवा सरकारमा काङ्ग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।