नेपाल र चीनबीच भन्सार प्रशासन सहयोग सम्बन्धी सम्झौता हुँदै

पछिल्लो मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेसँगै नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा दुई देशको भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौता हुने भएको छ । पछिल्लो मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा भन्सार प्रशासनबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेसँगै नेपालको भन्सार विभाग र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच भन्सार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

बैठकले चीन र नेपालबीच साँस्कृतिक र पुरातात्विक बस्तुको उत्खनन, चोरी पौठारी र निकासीलाई निरुत्साहित गर्ने समझदारीमा हस्ताक्षरका लागि पनि स्वीकृति दिएको छ ।

साथै मन्त्रिपरिषद्‌ बैठकले चीनले दिने एक अर्ब युआन अर्थात् करिब १६ अर्ब ८० करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।