उक्त रकमले नेपाली सेना आफैँले हावाहुरी प्रभावितहरुका लागि आवास निर्माण गरिदिने सरकारका प्रवाक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
काठमाडौं । सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पछिल्लो पटक मन्त्रिपरिषद बैठकले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि घर बनाउन नेपाली सेनालाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
उक्त रकमले नेपाली सेना आफैँले हावाहुरी प्रभावितहरुका लागि आवास निर्माण गरिदिने सरकारका प्रवाक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । उनका अनुसार हावाहुरी प्रभावितका लागि नेपाली सेनाले बनाउने घर जनता आवासको मोडलकै हुने छ ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मलनमा मन्त्री बाँस्कोटाले नेपाली सेना हावाहुरी प्रभावितको घर निर्माणका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।
मन्त्री बास्कोटाका अनुसार सरकारले हाल निकासा गरेको रकमबाट प्रतिपरिवार ५ लाख ८२ हजार रुपैयाँ छुट्याएको छ ।