उनले नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने गोरखा दरबारको ऐतिहासिक महत्व धेरै रहेको उल्लेख गर्दै पुनःनिर्माण गर्दा दरबारको मौलिक संरचना कति पनि नबिग्रने गरी गर्नुपर्नेमा जोड दिए ।
गोरखा । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् । भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार विहान त्यहाँ पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरे ।
उनले नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने गोरखा दरबारको ऐतिहासिक महत्व धेरै रहेको उल्लेख गर्दै पुनःनिर्माण गर्दा दरबारको मौलिक संरचना कति पनि नबिग्रने गरी गर्नुपर्नेमा जोड दिए ।
‘दरबारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा तीनवटै तहका सरकार, स्थानीय समुदाय र सरोकारवाला निकाय सबैको चिन्ता र चासो हुनु आवश्यक छ’, सभामुख महराले भने, ‘गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक र पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्यौँ भने गोरखाको आर्थिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’