शुक्रबार बीआरआईर्ला सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको आर्थिक विकासका लागि कनेक्टिभिटी महत्त्वपूर्ण रहेको भन्दै कनेक्टिभिटीसँगै व्यापार, लगानी र पर्यटनका लागि बाटो खुल्ने बताइन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई सम्बोधन गरेकी छन् । शुक्रबार बीआरआईर्ला सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको आर्थिक विकासका लागि कनेक्टिभिटी महत्त्वपूर्ण रहेको भन्दै कनेक्टिभिटीसँगै व्यापार, लगानी र पर्यटनका लागि बाटो खुल्ने बताइन् ।
उनले बेल्ट एन्ड रोड इनिसियटिभ विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि माध्यम बन्न सक्ने विश्वास व्यक्त गरिन् । नेपालमा विकासका चुनौतीहरु धेरै रहेकाले यसको सामना गर्न छिमेकी राष्ट्रहरुसँग सहकार्य तथा सहयोग बढाउन चाहेको राष्ट्रपति भण्डारीले बताइन् ।
उनले दिगो विश्व शान्ति र समृद्धि सबैको चाहना रहेकाले यो हासिल गर्नका लागि न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी नियममा आधारित विश्व व्यवस्था निर्माण गर्न बीआरआई सक्षम हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सि जिन पिङकाे निमन्त्रणामा चीन भ्रमणका लागि गएकी हुन् ।