बागलुङका प्रताप पौडेलले पाए ग्लोबल युथ लिडरसिप अवार्ड— २०१९

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौं भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व अर्थमन्त्री रामशरण महतले सयुक्त रुपमा पौडेललाइ अवार्ड सहित सम्मान गरेका हुन् । बागलुङको पैँयुपाटामा जन्मिएका पौडेल पूर्व स्वास्थ्यमन्त्री गगन थापाका प्रमुख सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।

काठमाडौं । बागलुङका प्रताप पौडेल ग्लोबल युथ लिडरसिप अवार्ड—२०१९ बाट सम्मानित भएका छन् । ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौं भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व अर्थमन्त्री रामशरण महतले सयुक्त रुपमा पौडेललाइ अवार्ड सहित सम्मान गरेका हुन् ।

बागलुङको पैँयुपाटामा जन्मिएका पौडेल पूर्व स्वास्थ्यमन्त्री गगन थापाका प्रमुख सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।उनी विभिन्न संघसंस्थामा आवद्ध रहेका काम गरेका छन् ।

यसअघि संसदको कृषि तथा जलस्रोत समितिको सल्लाहकार, पव्लिक पोलिसी पाठशाला अध्यक्ष भएर काम गरिसकेका छन् । उनी एम्नेष्टि इन्टरनेशनलका पूर्व उपाध्यक्ष र मानव अधिकार तथा शान्ति समाजका पूर्व युवा संयोजक समेत हुन् ।

पौडेलसहित विभिन्न देशबाट प्रतिनिधित्व गर्दै योगदान पु¥याउने व्यक्तिहरु सम्मानित भएका थिए । २८ ओटा युवा नेतृत्व गर्ने संघसंस्थाको प्रायोजक रहेका थिए ।