२३ औं नम्बर बुँदामा नेपाल चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क, जसमा नेपाल–चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ ।’ भनिएको छ ।
काठमाडौं । चीनको बेइजिङमा सम्पन्न बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) फोरमले नेपालको प्रस्ताव पारित गरेको छ । ‘अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’मा नेपालले राखेको प्रस्ताव पारित भएको हो।
करिब ४० राष्ट्रका राष्ट्रप्रमुख सहभागी बीआरआईको २ दिने दोस्रो गोलमेच सम्मलेन शनिबार बेलुका सम्पन्न भएपछि जारी ३८ बुँदे संयुक्त विज्ञप्तिमा नेपालको प्रस्ताव समेटिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा विकास नीति सहकार्य तथा आधारभूत सञ्जाल सबलीकरण गर्ने, दिगो विकास प्रवद्र्धन गर्ने, व्यवहारिक सहयोग बलियो बनाउने, जनताबीच आदानप्रदान अगाडि बढाउने र अघि बढ्नेलगायतका ३८ बुँदाहरु उल्लेख गरिएको छ ।
तीमध्ये २३ औं नम्बर बुँदामा नेपाल चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क, जसमा नेपाल–चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ ।’ भनिएको छ ।
नेपालले यसअघिनै चीनको बीआरआई परियोजनामा सैद्धान्तिकरुपमा सहमति जनाइसकेको थियो । तर, बीआरआई सम्मेलनले औपचारिकरुपमै नेपाल–चीन कनेक्टिभिटीलाई समेटेको हो ।
सम्मेलनको अन्त्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा जुटेका सहमतिबारे पत्रकारलाई जानकारी दिएका थिए ।
सम्मेलनमा एशियाली राष्ट्रपति भ्लादिमिर पुटिनको पनि सहभागिता थियो । साथै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेज तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापन निर्देशक क्रिस्टिन लेगार्ड पनि सहभागी थिए ।
राष्ट्रपतिको सम्बोधनः बीआरआई औद्योगिक रुपान्तरणको प्रमुख संवाहक बन्दै गएको छ
‘उज्ज्वल साझेदारीयुक्त भविष्यका लागि क्षेत्र तथा मार्ग सहयोग’ मुख्य विषय रहेको मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उच्चस्तरीय बैठक तथा गोलमेच बैठकमा सम्बोधन गरेकी थिइन् ।
सम्बोधन गर्ने क्रममा राष्ट्रति भण्डारीले बीआरआई गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको बताइन् ।
उनले दिगो विकासका तीनवटै अवयवलाई सन्तुलनमा राख्दै स्वच्छ, नवीकरणीय ऊर्जा र न्यून कार्बनका क्षेत्रमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रुपान्तरणका लागि महत्वपूर्ण सघाउ पु¥याउन सक्ने र सूचना प्रविधिजस्ता उदाउँदा उद्योगमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्ने भनाइ राख्दै वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपाय खोजिनुपर्नेमा जोड दिएका थिइन् ।
उनले ‘सडक निर्माण समृद्धितर्फको यात्राको पहिलो कदम हो’ भन्ने चिनियाँ भनाई उद्धरण गर्दै नेपाल हाल दीर्घकालीन लक्ष्यप्राप्तिका लागि पूर्वाधार निर्माणमा जुटेका र बीआरआइबाट मूलतः हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासमा जोड दिएको बताइन् ।
उनले प्राचीन सिल्क रोडको मूल मर्मका रुपमा रहेको र बीआरआइले आत्मसात् गरेको ‘शान्ति र सहयोग, खुलापन र समावेशीता, साझा सिकाइ र आपसी लाभ’ ले नेपाललाई दिगो विकासका लक्ष्य हासिल गर्न सघाउ पु¥याउने राय व्यक्त गरेकी थिइन् ।
गोलमेच बैठकको अध्यक्षता चिनियाँ राष्ट्रपति चिनफिङ आफैँले गरेका थिए ।