पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) को आधार-पत्र स्वीकृतिका लागि प्रस्ताव पेस

आयोगका अध्यक्ष केपी शर्मा ओलीज्यू को अध्यक्षतामा राष्ट्रिय योजना आयोगको सभाकक्षमा आज सम्पन्न आयोगको बैठकले आगामी पाँच आर्थिक वर्षको अवधि समेट्ने पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) को आधार-पत्र नेपाल सरकार, मन्त्रिपरिषद्‌को स्वीकृतिका लागि प्रस्ताव पेस गर्न स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीज्यू को अध्यक्षतामा राष्ट्रिय योजना आयोगको सभाकक्षमा आज सम्पन्न आयोगको बैठकले आगामी पाँच आर्थिक वर्षको अवधि समेट्ने पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) को आधार-पत्र नेपाल सरकार, मन्त्रिपरिषद्‌को स्वीकृतिका लागि प्रस्ताव पेस गर्न स्वीकृत गरेको छ ।

बैठकमा सम्माननीय राष्ट्रपतिज्यूबाट आव २०७५/७६ मा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा बुँदा नं २० मा “अबको हाम्रो विकास सूचना र तथ्याङ्कको गहन विश्लेषण, अनुसन्धान र प्रमाणमा आधारित हुनेछ । त्यसका लागि देशको भूगोल, प्रकृति, स्रोतसाधन, क्षमता र सम्भावनाका सम्पूर्ण सूचनाहरूको राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ” भन्ने महत्त्वपूर्ण नीति उल्लेख भएअनुसार आयोग मातहत रहेको केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको राष्ट्रिय तथ्यगत विवरण प्रणालीको डाइनामिक अनलाइन डाटापोर्टलको प्रधानमन्त्री अलीले शुभारम्भ गरे ।

यो प्रणाली सङ्घ, प्रदेश तथा स्थानीय तहको साझा डाटा प्लेटफर्मको रुपमा रहने गरी निर्माण गरिएको छ । सरकारी निकायहरुबाट उत्पादित स्थानीय, प्रदेश र केन्दीयस्तरका सूचना तथा तथ्याङ्कलाई सूचना प्रविधि मार्फत एकीकृत गरी वितरण गर्ने प्रयोजनका लागि अनलाइन डाटापोर्टल तयार गर्नु राष्ट्रिय तथ्यगत विवरणको प्रमुख उद्देश्य छ ।

राष्ट्रिय तथ्यगत विवरण प्रणाली समयानुकूल परिमार्जन गर्न सकिने गरी तयार गरिएकाले आगामी दिनमा ओपन डाटाको सिद्धान्तअनुरुप तथ्याङ्कको माग बमोजिम अझ बढी प्रयोगकर्तामैत्री बनाइने र भौगोलिक सूचनाको महत्त्वलाई आत्मसात गर्दै राष्ट्रिय तथ्यगत विवरणको आगामी भर्सनहरुमा भौगोलिक सूचना प्रणालीको उपयोग गरिने योजनासमेत छ ।