श्रीलङ्का आक्रमणः एक सातापछि अनुहार छोप्ने पहिरन लगाउन प्रतिबन्ध

अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन्। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्।

बीबीसी । गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा अढाई सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ। सोमवारदेखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित रहेको देखिएको छ।

अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन्। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्।

कस्ता पहिरनमा प्रतिबन्ध ?

यो प्रतिबन्धलाई पनि उनको त्यस्तै आकस्मिक उपायका रूपमा अर्थ्याइएको छ। श्रीलङ्कामा रहेका बीबीसीका स्टीभ ज्याक्सनका अनुसार सोमवारबाट लागु हुने उक्त प्रतिबन्धले सबै किसिमका अनुहार ढाक्ने पहिरनलाई रोक लगाएको हो।

उनी भन्छन्, ‘घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ‘निकाब’बारे प्रस्ट उल्लेख छैन। तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ।’

श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्। तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको बताइन्छ।

शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो। एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो। मुख्य सन्दिग्धका आफन्तहरू मारिएको जनाएको छ ।

इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो। ती घटनामा परी कम्तीमा दुई सय ५० जनाको ज्यान गएको थियो।

उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याश्नल तौहिद जमातले गराएको सरकारको दाबी छ। घटनापछि उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ।

सन्दिग्धका पिता र भाइ मारिए

ती घटनाहरूका मुख्य सन्दिग्ध मानिएका जहरान हशिमका पिता र उनका दुई भाइ शुक्रवार भएको एउटा सुरक्षा कारबाहीमा मारिएको जनाइएको छ। प्रहरीकाअनुसार जहरानकी आमाको पनि उक्त कारबाहीका क्रममा मृत्यु भएको छ।

श्रीलङ्का विस्फोटनका सन्दिग्ध नाइकेकी बहिनी यसो भन्छिन्
प्रहरीले श्रीलङ्काको पूर्वी सहर कट्टनकुडीस्थित उक्त समूहको मुख्यालयमा छापा मार्ने क्रममा मुख्य सन्दिग्धका आफन्तहरू मारिएको जनाएको छ।

जहरानको भने आत्मघाती आक्रमणमा कोलम्बोको एउटा होटल मृत्यु भइसकेको बताइएको छ। बम विस्फोटनहरू पछि देशभर प्रत्येक आइतवार चर्चहरूमा हुने प्रार्थनाहरू रद्द गरिएको थियो।
यद्यपि बम हमलामा पूर्णरूपमा क्षतिग्रस्त एन्टोनी चर्चको बाहिरपट्टी आइतवार ठूलो सङ्ख्यामा मानिहरू भेला भएर प्रार्थना गरेका थिए।

कसरी मारिए सन्दिग्धका आफन्त ?

श्रीलङ्काको प्रहरीका अनुसार शुक्रवार हशिमको गृहनगर कट्टनकुडीमा सुरक्षा फौजले कारबाही गरेको थियो।
त्यस क्रममा उनको घरमा प्रहरी पुग्दा अचानक सुरक्षाकर्मीमाथि आक्रमण भयो।

तीन जनाले बमले आफैँलाई उडाएको प्रहरीको दाबी छ। त्यहाँ छ बालबालिका र एक महिलाको पनि मृत्यु भयो। सरकारी पक्षका अनुसार गोली हानाहानमा अन्य तीन जनाको पनि मृत्यु।
प्रहरीस्रोतलाई उद्धृत गर्दै रोएटर्सले जनाएअनुसार मारिने तीन जनामा मोहम्मद हशिम र उनका दुई छोराहरू जैनी हशिम र रिल्वान हशिम छन्।

तीनै जना सामाजिक सञ्जालमा अप्लोड भएको एउटा भिडिओमा देखिएका छन्। त्यसमा उनीहरूले अधर्मीविरूद्धू अन्तिम युद्धको आह्वान गरेको देखिएको रोएटर्सले जनाएको छ।