सोमबार बिहानदेखि मौसममा आएको परिवर्तनका कारण ढोरपाटन, निसी, तमानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात परेपछि ती क्षेत्र सेताम्मे बनेका छन् ।
पश्चिम बागलुङको ढोरपाटन क्षेत्रमा हिमपात भएको छ । सोमबार बिहानदेखि मौसममा आएको परिवर्तनका कारण ढोरपाटन, निसी, तमानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात परेपछि ती क्षेत्र सेताम्मे बनेका छन् ।
लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । ढोरपाटनका सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । यो सँगै ढोरपाटनमा यस वर्ष दोस्रो पटक हिउँ परेको हो ।
हिमपातले ढोरपाटन उपत्यका अत्यन्तै रमणीय देखिएको छ । त्यस्तै निसीको उच्च भाग हिउँले ढाक्दा स्थानीयलाई हर्षित बनाएको छ । ढोरपाटनमा करिब २ फिटभन्दा बढी हिउँ परेको बोबाङका स्थानीय शिक्षक दीपक क्षेत्रीले जानकारी दिए ।