उपचाररत बाबु बिष्णुप्रसाद शर्मा केही समयअघि भारतमा रोजगारी गरेपनि विगत डेढ बर्षदेखि घरपरिवारसँगै छन् । घरमा जिविकोपार्जनका लागि खेतीपाती र कृषिकर्म अन्य आम्दानीको स्रोत नहुँदा छोराको उपचारमा समस्या आएको शर्मा बताउँन् । छोराको थप उपचारका लागि काठमाडौं ल्याएपनि उपचार खर्च नहुँदा आफु बिचल्लीमा परेको शर्माको गुनासो छ ।
काठमाडौं । बागलङको जैमिनी नगरपालिका—८ छिस्तीकी गुमादेवी शर्मालाई आफ्नो छोराको स्वास्थ्य उपचारमा आर्थिक समस्या भएको छ । ३ महिनाको आफ्नो छोरा चेतनाथ शर्माको थप उपचार खर्च जुटाउन नसकेपछि उनले काठमाडौंस्थित कान्ति बाल अस्पतालबाटै आर्थिक सहयोगको याचना गरेकी हुन् ।
निमोनियाको समस्याले तीनहप्ताअघि थलिएर नजिकैको स्वास्थ संस्थामा लगेपनि त्यहाँ सम्भव नहुने भएपछि बागलुङ ल्याइयो । ३ दिन बागलङ धौलागिरी अञ्चल अस्पतालमा राखेपनि सुधार नभएपछि थप उपचारका लागि अस्पतालले पोखरा रेफर गर्यो । पोखरा गण्डकी हस्पिटलमा आइसियुमा भर्ना गरिएपनि कुनै सुधार नदेखिएपछि अहिले अभिभावकले काठमाडौंस्थित कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका छन् ।
अहिले बच्चालाइ आइसियुमा भर्ना गरी उपचार भइरहेको छ । बागलङ, पोखरा हुँदै काठमाडौं सम्म उपचारका लागि धाउँदा हालसम्म डेढ लाख रुपैयाँ खर्च भइसकेको छ।परिवारको आर्थिक अवस्था कमजोर हुँदा छोराको थप उपचार लागि खर्च जुटाउन समस्या भएको परिवारले जनाएको छ ।
अस्पतालमा भर्ना भएपछि आमा गुमादेवी शर्मालाई एउटै चिन्ता छ, कि उपचार खर्च कसरी जुटाउने भन्ने । भएको रकम उपचारका लागि खर्च भइसकेकाले अब थप उपचार खर्च टार्न निकै समस्या छ ।उपचाररत बाबु बिष्णुप्रसाद शर्मा केही समयअघि भारतमा रोजगारी गरेपनि विगत डेढ बर्षदेखि घरपरिवारसँगै छन् । घरमा जिविकोपार्जनका लागि खेतीपाती र कृषिकर्मबाहेक अन्य आम्दानीको स्रोत नहुँदा छोराको उपचारमा समस्या आएको शर्मा बताउँन् । थप उपचारका लागि काठमाडौं ल्याएपनि उपचार खर्च नहुँदा आफु बिचल्लीमा परेको शर्माको गुनासो छ ।
चेतनको उपचारमा संलग्न डाक्टरका अनुसार, केस जटिल भएकाले अझै ३,४ महिना उपचारमा राख्नुपर्छ। तर, त्यो बेलासम्मका लागि अस्पताल खर्च र बस्नेखाने खर्च समेत परिवारसँग अहिले छैन् । डाक्टरका अनुसार, थप उपचारका लागि २ देखि ३ लाख सम्म लाग्न सक्ने बताए । छोराको उपचारका लागि ३ ओटा ठूला अस्पताल धाइ धाइ आएको यो परिवार अहिले थप उपचारका लागि आर्थिक अभावले बिचल्लीमा छ ।
उपचारमा संलग्न बाबु बिष्णुले आफुमाथि ठूलो आर्थिक समस्या आएकाले सवैसँग सहयोगको याचना गरेका छन् ।उपचाररत बच्चा चेतन पौडेलको लागि आर्थिक सहयोग गर्न चाहनुहुने बागलङबासी, स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइहरुले एनआइसी एसिया बैंकको खाता नम्बर ७४८७८८८८९१५२४००१ र ग्लोबल आइएमइ बैंकको खाता नम्बर ०२०७०१००१०१२५ मा आर्थिक सहयोग संकलन गर्न आग्रह गरिएको छ । त्यस्तै, अभिभावक तथा परिवार सदस्यको मोबाइल नम्बर ९८६७६०७१९४ र ९८५११९५४३० मा सम्पर्क गर्न सकिने छ ।