जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?

उनले गद्दी त्यागेको भोलिपल्ट युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्। जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।

जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्दैछन्। पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए।

उनले गद्दी त्यागेको भोलिपल्ट युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्। जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।

टोक्योस्थित राजदरबारमा हुने एकदमै प्रतीकात्मक तर साधारण समारोह टेलिभिजनबाट प्रसारण हुनेछ।

किन त्यागे गद्दी?

आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्ष अघि नै बताएका थिए।

सम्राट अकिहितो

“मेरो स्वास्थस्थिति बिस्तारै खस्कँदै गएको विचार गर्दा मैले राज्यको प्रतीकको रूपमा गर्नुपर्ने कर्तव्य निर्वाह गर्न मलाई कठिन भइरहेकोमा म चिन्तित छु,” उनले त्यतिखेर भनेका थिए।

सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने उनी पहिलो सम्राट हुनेछन्। जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए। त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन पारित गरेको थियो।

हिरोहितो र आकिहितोपिता सम्राट हितोहितोसँग युवराज आकिहितो
मिचिको र आकिहितो
युवराज आकिहितो र मिचिको विवाह सन् १९५९ मा भएको थियो
आकिहितो परम्परागत पहिरनमा सम्राट आकिहितो

को हुन् नारुहितो?

सम्राट आकिहितोले गद्दीत्याग गरेपछि उनका छोरा नारुहितो जापानका १२६ औँ सम्राट हुनेछन्। उनी गद्दीनसीन भएपछि जापान ‘राइवा’ युगमा प्रवेश गर्नेछ र सन् १९८९ देखि सुरु भएको सम्राट आकिहितोको शासनकालको ‘हाइसाई’ युगको अन्त्य हुनेछ।

युवराज नारुहितो

उनन्साठी वर्षीय नारुहितो २८ वर्षको उमेरमै युवराज घोषित भएका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयमा पढेका छन्। सन् १९८६ मा एक भोजका बेला उनले युवराज्ञी मासाकोलाई भेटेका थिए। उनीहरूको विवाह सन् १९९३ मा भयो।

शाही दम्पतीको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्मिइन्। तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिँदैन।

त्यसैले उनकी काका राजकुमार फुमिहितो अबको उत्तराधिकारी हुनेछन्।

यस्तो छ जापानको राजपरिवार

नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनेछन्।

त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन्।

जापान