काँग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश

नेपाली काँग्रेसबाट मेयर पदमा निर्वाचित मेहतालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपामा पार्टी प्रवेश गराएका हुन् ।

काठमाडौं । रौतहट जिल्लाको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेपाली काँग्रेसबाट मेयर पदमा निर्वाचित मेहतालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपामा पार्टी प्रवेश गराएका हुन् ।

मंगलबार ललितुरस्थित खुमलटारमा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको थियो । सो अवसरमा विभिन्न जिल्लाका अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए ।