आजको मजदुर आन्दोलन सफल हुँदै गइरहेको भन्दै उनले मजदुरको रगत र पसिना खेर नगएको बताए । मध्यवर्गीय चिन्तनबाट देश अघि बढेको भन्दै समाजवादउन्मुख लोकतन्त्रको आधारअनुसार सरकार अघि बढेको बताए । प्रधानमन्त्रीले संविधानलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताए ।
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलीले मजदुरबाट एकताको आधार खोज्नुपर्ने बताएका छन् । मजदुरहरु एकजुट भएर उत्सव मनाइरहेको भन्दै उनले सबै दल र पक्ष एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताए । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा उनले यस्तो बताएका हुन् ।
आजको मजदुर आन्दोलन सफल हुँदै गइरहेको भन्दै उनले मजदुरको रगत र पसिना खेर नगएको बताए । मध्यवर्गीय चिन्तनबाट देश अघि बढेको भन्दै समाजवादउन्मुख लोकतन्त्रको आधारअनुसार सरकार अघि बढेको बताए । प्रधानमन्त्रीले संविधानलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताए ।
देशले शान्ति र विकास चाहेको भन्दै प्रधानमन्त्री ओलीलीले नयाँ संरचनामा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताए । नचाहिने र अनावश्यक कुरामा नअल्झिइकन देशमा उद्योग र कृषिको विकासमा अघि बढ्नुपर्ने उनकाे भनाइ थियाे ।
‘आज पर्यटनको विकास गर्नु छ । उद्योगको विकास गर्नुछ । त्यसको वातावरण सरकारले गर्छ,’ उनले भने, ‘अहिले न्यूनतम ज्याला र १०० दिनको बेरोजगारी भत्ता दिने व्यवस्था अरु कसैले गर्न सक्दैन ।
कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले विगतका श्रमजीवी मजदुरले ८ घण्टा काम,८ घण्टा आराम र ८ घण्टा चिन्तामा बिताउनु परेको भन्दै अहिले त्यो समस्या समाधानमा लागेको बताए । सरकारले अघि बढाएको श्रमजीवी मजदुरका लागि न्यूनतम पारिश्रमिक र बेरोजगारी भत्ताको व्यवस्था गरेकाले अब चिन्तामा ८घण्टा बिताउनु पर्ने अवस्था अन्त्य भएको बताए ।
एक हप्ताभित्र १ लाख ५० हजार जनशक्तिलाई रोजगारीको कार्यक्रम अघि बढ्ने, आगामी आवमा थप ९० हजारलाई रोजगारी दिइने
आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ।