हुनत भारतले महँगा ब्रान्डका विदेशी बाइकमा आयात शुल्क घटाएर ५० प्रतिशत पुर्याएको छ, तर यसबाट पनि अमेरिकी राष्ट्रपति सन्तुष्ट देखिएका छैनन् । उनले यस विषयलाई लिएर भारतलाई चेतावनी नै दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विख्यात अमेरिकी मोटरसाइकल हर्ली डेभिडसनको आयातमा उच्च भन्सार शुल्क लगाएको हुँदा भारतको आलोचना गरेका छन् । ट्रम्पले यसलाई अनुचित बताएका छन् । हुन त भारतले महँगा ब्रान्डका विदेशी बाइकमा आयात शुल्क घटाएर ५० प्रतिशत पुर्याएको छ, तर यसबाट पनि अमेरिकी राष्ट्रपति सन्तुष्ट देखिएका छैनन् । उनले यस विषयलाई लिएर भारतलाई चेतावनी नै दिएका छन् ।
कङ्ग्रेस सदस्यहरुसँग स्टिल उद्योगबारे विचार विमर्श गरिरहँदा ट्रम्पले अमेरिकामा भारतीय मोटरसाइकलमा आयात शुल्क बढाउने धम्की दिएका छन् । ट्रम्पले ७५ प्रतिशतबाट घटाएर ५० प्रतिशत पुर्याउने भारत सरकारको हालैको निर्णय पर्याप्त नभएको बताएका छन् । ट्रम्पले भनेका छन् यो पारस्परिक हुनुपर्छ यानी जस्तो अमेरिकी व्यवस्था छ त्यस्तै भारतले गर्नुपर्छ । उनको सङ्केत मोटरसाइकल आयातमा ’शून्य कर’ लगाउनेतर्फ थियो ।
ट्रम्पले अमेरिकासँग फाइदा लिने भारत वा यस्तै अन्य देशमाथि एउटा नयाँ ‘परस्पर अनुवर्ती कर अथवा प्रत्युत्तर कर’ लगाउने धमकी दिएका छन् । उनले आरोप लगाएदै भनेका छन्, यी देशहरुले अमेरिकासँग भएको आफ्नो व्यापार सम्बन्धलाई दुरुपयोग गर्छन् । ट्रम्पले भनेका छन्, धेरै देशहरुसँग हाम्रो व्यापारिक सम्बन्ध छ, तर हामीले आफ्ना उत्पादन ती देशमा निर्यात गर्दा अत्यधिक कर तिर्नु पर्छ ।
‘म नाम लिन चाहन्नथेँ, तर भारतमा यस्तो भइरहेको छ’, ट्रम्पले हर्ली डेभिडसनका सन्दर्भमा भारतको उल्लेख गर्दै भने । ट्रम्पले यस सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीको समेत उल्लेख गरेका थिए । ट्रम्पले भने, भारतबाट ‘ग्रेट जेन्टलम्यान’ले मलाई फोन गरेर भनेका थिए कि उनले मोटरसाइकलमा आयात शुल्क ७५ प्रतिशतबाट घटाएर ५० प्रतिशत गरेका छन् ।
ट्रम्प र मोदीबीच गत साता कुराकानी भएको थियो । हामीसँग भएको हर्ली डेभिडसनलाई भारतीय बजारसम्म पुर्याउन ५० देखि ७५ प्रतिशतसम्म कर तिर्नु पर्ने हुन्छ ट्रम्पले भने । उनले अगाडि भने, भारतबाट आएका बाइक पनि अमेरिकामा बिक्छन् र यिनमा कुनै किसिमको कर लिने गरिएको छैन । ट्रम्पले यस सन्दर्भमा एउटा नयाँ ‘परस्पर अनुवर्ती कर अथवा प्रत्युत्तर कर’ लगाउने चेतावनी दिए ।
ट्रम्पले यस सम्बन्धमा यसै साता अरु जानकारी दिने प्रतिज्ञा गरेका छन् । तर, ह्वाइट हाउसका सहयोगीहरुको भनाइ अनुसार यसमा तत्काल कुनै कारवाही हुने आशा नरहेको बताइएको छ । ट्रम्पले ह्वाइट हाउसमा गभर्नर र स्थानीय नेताहरुसँगको एक बैठकमा यसबारे चर्चा गरेका थिए ।