विकास तथा प्रविधि समितिअन्तर्गत गठित उपसमितिको म्याद १ महिना थप

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिको म्याद थपसँगै उपसमितिमा प्रभु साह र मिनाक्षी झालाई सदस्यका रुपमा थप गरी ९ सदस्यीय उपसमिति बनाएको छ ।

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमाथि दफाबार छलफलका लागि गठित उपसमितिको म्याद १ महिना थप गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले उपसमितिको म्याद थपसँगै उपसमितिमा प्रभु साह र मिनाक्षी झालाई सदस्यका रुपमा थप गरी ९ सदस्यीय उपसमिति बनाएको छ ।

उपसमितिले विद्येयकमाथि परेको संशोधन प्रस्तावलाई टुंग्याउन छलफल गरी समितिमा १ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । साथै बैठकमा समितिका सभापति कल्याणी खड्काले समितिले दिएका निर्देशन एवं सुझाव कार्यान्वयनको अवस्था र आगामी आर्थिक वर्षका लागि मन्त्रालयहरुले तयार पार्ने योजना र बजेटका सिलिङका विषयमा सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरिने समितिलाई जानकारी गराएका छन् ।

यसैगरी समितिले बहुवर्षीय योजना निर्माणको अवस्थाको बारेमा जानकारी लिने र काठमाडौं उपत्यकाका तीनकुने, टेकुलगायतका स्थानमा रहेका निर्माणधीन पुलहरुको स्थलगत निरीक्षण गरिने पनि सभापति खड्काले समितिलाई जानकारी गराए ।