आगामी एक वर्षभित्र ३ सय पुल निर्माण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । रेलमार्ग निर्माणका लागि प्राविधिक अध्ययन भइरहेको छ । निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ७५ प्रतिशत र पोखरा क्षेत्रिय विमानस्थलको ४० प्रतिशत प्रगति भएको छ । सात ओटा विमास्थलमा रात्रि सेवा उडान भइरहेको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । उनले प्रस्तुत गरेको कार्यक्रममा भौतिक पूर्वाधारको विकासमा फड्को मारेका बताएकी छन् ।
उनका अनुसार यो एक वर्षमा एक हजार ६ सय किमी सडक कालोपत्रे भएको छ । आगामी एक वर्षभित्र ३ सय पुल निर्माण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । रेलमार्ग निर्माणका लागि प्राविधिक अध्ययन भइरहेको छ । निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ७५ प्रतिशत र पोखरा क्षेत्रिय विमानस्थलको ४० प्रतिशत प्रगति भएको छ । सात ओटा विमास्थलमा रात्रि सेवा उडान भइरहेको छ ।
प्रतिव्यक्ति ९० घण्टा विद्युत् उपयोग बृद्धि भएको छ । यस आवभित्र २८७ मेगावाट विद्युत् थपिने छ । ४ हजार २ सय ६ किमि प्रसारण लाइन पुगेको छ । निःशुल्क विद्युत् मिटर उपलव्ध गराई राष्ट्रिय विद्युतमा पहुँच विस्तार भएको छ ।