ओमानले पनि शून्य लागतमा कामदार लैजाने

नेपालले तयार पारेकोे श्रम समझदारीको मस्यौदामा सहमति जुटेको हो । योसँगै नेपाल र ओमानबीच पहिलो पटक श्रम समझदारी (एमओयू) हुने भएको छ । बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल र ओमानका अधिकारीबीचको छलफलपछि मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

काठमाडौं । ओमान सरकारले पनि शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ । नेपाल र ओमानबीच दुई दिनसम्म चलेको बैठकपछि शून्य लागतमा कामदार लैजान सहमति भएको हो ।

नेपालले तयार पारेकोे श्रम समझदारीको मस्यौदामा सहमति जुटेको हो । योसँगै नेपाल र ओमानबीच पहिलो पटक श्रम समझदारी (एमओयू) हुने भएको छ । बिहीबार र शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल र ओमानका अधिकारीबीचको छलफलपछि मस्यौदालाई अन्तिम रुप दिइएको हो ।

शून्य लागतसहित श्रमिकका हक अधिकार सुनिश्चित हुनेगरी सहमति जुटेको छ । मस्यौदाको सहमतिमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।