वैदेशिक रोजगार व्यवसायी संघको विषेश भेला हुँदै, ब्याज र मलेसियाको रोजगारी सम्बन्धी एजेन्डा तय

जेठ ३ गते काठमाडौंमा हुने विषेश भेलामा नगद धरौटिको ब्याज सरकारसँग माग गर्ने र उचित सुनुवाई नभएसम्म चरणबद्ध रुपमा ध्यानाकर्षण तथा विरोध कार्यक्रम गर्ने जनाएको छ ।

काठमाडौं । मेनपावर कम्पनीहरुले राखेको नगद धरौटीको ब्याज पाउनु पर्ने माग राख्दै आएको नेपाल वैदेशिक रोजगार व्यवसायी सघंले विषेश भेलाको एजेन्डा नै तय गरेको छ ।

जेठ ३ गते काठमाडौंमा हुने विषेश भेलामा नगद धरौटिको ब्याज सरकारसँग माग गर्ने र उचित सुनुवाई नभएसम्म चरणबद्ध रुपमा ध्यानाकर्षण तथा विरोध कार्यक्रम गर्ने जनाएको छ ।

संघका अध्यक्ष रोहण गुरुङले वैदेशिक रोजगारमा पछिल्लो समय देखिएको विभिन्न समस्याहरुको समधानका लागि विषेश भेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।

संघले यसअघि निर्वाचन गर्ने तयारी गरेपनि अध्यक्ष गुरुङको घरमा बम प्रहार गरी वैदेशिक रोजगारमा संलग्न व्यवसायीहरुलाई आतंकित बनाएको भन्दै तत्कालको लागि निर्वाचचन स्थगित गरेको थियो ।

निर्वाचन रोकिएपछि संघले विषेश भेलाको आयोजना गरेको हो । भेलाले बैंक ग्यारेन्टी एकद्वार प्रणाली मार्फत जाँदा साना र मझौला व्यावसायिलाई राहत पुग्ने देखिएको हुँदा सो विषयमा राय लिई उपयुक्त निर्णय गर्ने , मर्जर हुने संस्थाको सुबिधा सम्बन्धी सरकारलाई अनुरोध गर्ने, उचित सुबिधा नदिएसम्म चरणबद्ध रुपमा ध्यानाकर्षण कार्यक्रम गर्ने जनाएको छ ।

यस्तै मलेसिया रोजगारी सूचारु गर्ने सम्बन्धी श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयमा सूचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ परीक्षण गर्ने गरि नयाँ कामदार पठाउने प्रक्रिया सुरु गर्ने, मागपत्र दूतावासद्वार सिफारिस गर्दा केही दूतावासका केही कर्मचारीबाट गरिरहेको अनिमियतता बन्द गर्न रोजगारदाता कम्पनीका प्रतिनिधि बारम्बार दूतावास पुग्नुपर्ने हालको कार्यशैली पतिवर्तन गरि सहज र चुस्त तरिकाले अनलाईन बिधीको प्रयोग गरिनु पर्ने विषयमा छलफल हुने छ ।

साथै सेवा शुल्क दक्षिण एसिया मुलुकको प्राकटिसअनुसार ब्यबहारिक हुनुपर्ने र त्यस सम्बन्धी नितिगत ब्यबस्था गर्नुपर्ने साथै भनिएको तलब, काम, सेवासुबिधा पाउँदा पाउँदै करार अबधि पूरा नगरी फर्कने कामदारको संख्या बढी रहेको हुँदा कामदारको दायित्व तोकिनु पर्ने माग राखिएको छ । यस्तै संघको स्थगित निर्वाचन मितिसमेत तय गर्ने जनाएको छ ।