रिपोर्टमा त्यस देशको सबैभन्दा धनी व्यक्तिले आफ्नो देशको सरकारको कति दिनसम्म खर्च धान्न सक्छ भनेर उल्लेख गरिएको छ । जस्तै भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कुल सम्पत्ति ४०.३० अर्ब डलर छ र भारत सरकारको दैनिक खर्च १९८.७२ करोड डलर । यसको अर्थ अम्बानीले २० दिनसम्म भारत सरकारको खर्च आफ्नै बलबुतामा चलाउन सक्छन् ।
ब्लुमबर्गले रोबिन हुड सूचकाङ्क रिपोर्ट, २०१८ जारी गरेको छ । यसमा ४९ओटा देशका सबैभन्दा धनी व्यक्तिहरुको सम्पत्ति र त्यस देशको सरकारी खर्चको तुलना गरिएको छ । रिपोर्टमा त्यस देशको सबैभन्दा धनी व्यक्तिले आफ्नो देशको सरकारको कति दिनसम्म खर्च धान्न सक्छ भनेर उल्लेख गरिएको छ । जस्तै भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कुल सम्पत्ति ४०.३० अर्ब डलर छ र भारत सरकारको दैनिक खर्च १९८.७२ करोड डलर । यसको अर्थ अम्बानीले २० दिनसम्म भारत सरकारको खर्च आफ्नै बलबुतामा चलाउन सक्छन् ।
यस सूचीमा सबैभन्दा माथि अमेरिकाका जेफ बेजोस छन् जसले आफ्नो देशको पाँच दिनको खर्च बेहोर्न सक्छन् । उता सानो मुलुक साइप्रसका सबैभन्दा धनी व्यक्ति जोन फ्रेड्रिकसले त्यहाँको सरकारको एक वर्षको खर्च बेहोर्न सक्छन् । उनको सम्पत्ति दस अर्ब डलर छ । यस सूचीमा चार महिला पनि छन् जो अङ्गोला, अस्ट्रेलिया, चिली र नेदरल्यान्डका सबैभन्दा धनी उद्योगपति हुन् ।
एजेन्सी