‘पब्जी मोबाइल क्लब ओपन २०१९’ को अघिल्लो चरणमा छ ओटै नेपाली टिम चयन, यस्ता छन् प्लेयर

अघिल्लो राउन्डको प्रतिस्पर्धाका लागि सबै ६ टोली चयन भएका छन् । चयन हुने टोलीमा सबैभन्दा अगाडि इलिमेन्ट्रिक्स, दोस्रोमा मुभ आउट, तेस्रोमा ट्रस्ट डी प्रोसेस, चौथोमा च्याम्प टु विन, पाँचौंमा द डिस्ट्रोयर र छैठौंमा हाइप छ ।

काठमाडौं । चर्चित इन्टरनेट भिडियो गेम पब्जीको अन्राष्ट्रिय टुर्नामेन्ट ‘पब्जी मोबाइल क्लब ओपन २०१९’ मा नेपाली प्लेयरहरुको सम्पूर्ण ६ टिम वाइल्ड कार्डबाट अघिल्लो राउन्डका लागि चयन भएका छन् ।

अघिल्लो राउन्डको प्रतिस्पर्धाका लागि सबै ६ टोली चयन भएका छन् । चयन हुने टोलीमा सबैभन्दा अगाडि इलिमेन्ट्रिक्स, दोस्रोमा मुभ आउट, तेस्रोमा ट्रस्ट डी प्रोसेस, चौथोमा च्याम्प टु विन, पाँचौंमा द डिस्ट्रोयर र छैठौंमा हाइप छ ।

यी ग्रुपमा इलिमेन्ट्रिक्समा सफल ह्योजु, मन्जिल श्रेष्ठ, अङ्कित कार्की, सौन पन्त र सङ्कल्प गुरुङ छन् । त्यस्तै मूभ आउटमा अजय श्रेष्ठ, सदा गुरुङ, पाङमी राई, रुचिन राई र निषेध आचार्य छन् ।

ट्रस्ट डी प्रोसेसमा उत्सर्ग राई, विकास शर्मा, सागर गुरुङ, प्रकाश खरेल र विक्रम राई छन् । यस्तै च्याम्प टु विनमा रमेश घिमिरे, मिखायल श्रेष्ठ, अकिश तामाङ र सुलभ कार्की छन् ।

हाइपमा प्रतीक थापा, अक्सित श्रीधर, निक्सन प्रजापति र पियुष थपलिया छन् । अर्को टोली द डेस्ट्रोयरमा विवेक चौधरी, किसान श्रेष्ठ, सरोज तिवारी, विष्णु गुरुङ र सैलेश भट्टराई छन् ।