एमाले संसदीय दल नेतामा ओली चयन

बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संंसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो । बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ओली बिहीबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।