भियतनामको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए ।

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली  यही वैशाख २६ गते भियतनाम गएका थिए ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री आलीले आफ्नो भियतनाम भ्रमण अत्यन्त सफल रहेको बताएका छन् । कम्बोडियाको लागि प्रस्थान गर्नु अघि सञ्चारकर्मीसँगको अन्तर्वाताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भियतनाम भ्रमण उपलब्धिमुलक रहेको र भ्रमणले भियतनाम र नेपालबीचको सम्बन्ध थप प्रगाढ बनेको विश्वास व्यक्त गरे ।

भ्रमण टोलीमा प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी र नेपाली प्रतिनिधिमण्डल रहेको छ ।