सत्यमोहन जोशीलाई सुभकामना दिन श्रम मन्त्री विष्ट उनकै निवास पुगे

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारबाट सय वर्षमा प्रवेश गरेको अवसरमा श्रम मन्त्री विष्टले सुभकामना एवं बधाई दिएका हुन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शताब्दी पुरुष सत्यमोहन जोशीलाई उनकै निवासमा पुगेर सुभकामना दिएका छन् ।

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारबाट सय वर्षमा प्रवेश गरेको अवसरमा श्रम मन्त्री विष्टले सुभकामना एवं बधाई दिएका हुन् ।

मन्त्री विष्टले जोशीको जीवन सबैका लागि प्रेरणादायक रहेको उल्लेख गर्दै नेपाली साहित्य, संस्कृति, कला र सामाजिक क्षेत्रमा उहाँको अतुलनिय योगदान रहेको बताए ।