अर्थमन्त्री खतिवडा भन्छन्–संघीयता कार्यान्वयन हुने गरी बजेट आउँछ

अर्थमन्त्री डा.युवराज खतिवडाले स्रोत, खर्चको दायित्व, अधिकार क्षेत्रको बाँडफाँटका धेरै बाुननहरु बनिसकेको बताउँदै अर्थमन्त्री खतिवडाले कतिपय कनुन छलफलको क्रममा रहेकाले वित्तीय सङ्घीयता कार्यान्वयन हुँदै गएको बताए ।

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीयता कार्यान्वयनको दिशामा बजेट आउने बताएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै उनले स्रोत, खर्चको दायित्व, अधिकार क्षेत्रको बाँडफाँटका धेरै बाुननहरु बनिसकेको बताउँदै अर्थमन्त्री खतिवडाले कतिपय कनुन छलफलको क्रममा रहेकाले वित्तीय सङ्घीयता कार्यान्वयन हुँदै गएको बताए ।

सरकार, निजी क्षेत्र र सहकारी तीनवटै क्षेत्र समृद्धिको मार्गमा एकजुट भएर अघि बढ्ने गरी बजेट निर्माण हुने मन्त्री डा.खतिवडाको प्रतिबद्धता थियो ।