द्वीपक्षीय व्यापार र लगानी मजबुत बनाउने विषयमा नेपाल र कम्बोडियाबीच सम्झौता

कम्बोडियाका एक मन्त्री काओ किम होर्नका अनुसार दुवै पक्षले अर्थतन्त्र, व्यापार, लगानी, पर्यटन तथा संस्कृतिलगायत विभिन्न क्षेत्रमा द्वपक्षीय सहकार्यलाई बढाउन एक साथ काम गर्न सहमत भएका छन् ।

एजेन्सी । द्वीपक्षीय व्यापार तथा लगानीलाई मजबुत बनाउने दुई ओटा सम्झौतामा नेपाल र कम्बोडियाबीच हस्ताक्षर भएको छ । दुई देशका राष्ट्रप्रमुखबीच पिनोम पेनाहस्थित पिस प्यालेसमा भएको भेटवार्ताका क्रममा कम्बोडियाली प्रधानमन्त्री साम्देक तेचो हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कम्बोडियाका एक मन्त्री काओ किम होर्नका अनुसार दुवै पक्षले अर्थतन्त्र, व्यापार, लगानी, पर्यटन तथा संस्कृतिलगायत विभिन्न क्षेत्रमा द्वीपक्षीय सहकार्यलाई बढाउन एक साथ काम गर्न सहमत भएका छन् ।

पिनोम पेनाहस्थित पिस प्यालेसमा प्रधानमन्त्री ओली र समकक्षी तेचो हुन सेनलाई कार्ड अफ अनर पनि दिइएको थियो । नेपाल र कम्बोडियाबीचको व्यापार तथा लगानी आकार अहिले सापेक्षितरुपमा सानो छ ।

कम्बोडियाको पर्यटन तथ्यांक अनुसार २०१८ को वर्षमा करिब तीन हजार एक सय जना नेपाली पर्यटकहरु कम्बोडियामा घुम्नका लागि गएका थिए र वर्षैपिच्छे यो दश प्रतिशतले वृद्धि हुँदैछ । प्रधानमन्त्री ओली तीन दिने भ्रमणका लागि सोमबार कम्बोडियामा पुगेका हुन् ।