प्रधानमन्त्री फर्किंदा आधा घण्टा विमानस्थल बन्द हुने

भियतनाम र कम्बोडियाको भ्रमण गरी स्वदेश फर्कने क्रममा विमानस्थल प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राखी अन्यजहाज उडान र अवतरण नगर्ने भएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल फर्किंदा आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।

भियतनाम र कम्बोडियाको भ्रमण गरी स्वदेश फर्कने क्रममा विमानस्थल प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राखी अन्यजहाज उडान र अवतरण नगर्ने भएका हुन् ।

प्रधानमन्त्री ओली सवार जहाज बुधबार साँझ ७ बजेर ५ मिनेटमा विमानस्थलमा अवतरण गर्नेछ । वैशाख २६ मा प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत भियतनाम गएका थिए ।