प्रधानमन्त्री ओली भन्छन्– भ्रमणले भियतनाम र कम्बोडियासँगको आर्थिक सम्बन्धमा नयाँ आयाम थपेको छ

उनले नेपालको छवि नेपालको छवि अन्तरराष्ट्रिय जगतमा थप उज्यालो भएकोे बताए । दुबै देशमा भएको भ्रमणले आर्थिक र सामाजिक सम्बन्धमा नयाँ आयाम थप भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडियाको भ्रमण सफल रहेको बताएका छन् । भियतनाम र कम्बोडियाको एक साता लामो औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले ती दुबै देश र नेपालबीचको द्वपक्षीय सम्बन्ध थप विस्तार भएको दाबी गरे ।

उनले नेपालको छवि नेपालको छवि अन्तरराष्ट्रिय जगतमा थप उज्यालो भएकोे बताए । दुबै देशमा भएको भ्रमणले आर्थिक र सामाजिक सम्बन्धमा नयाँ आयाम थप भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० सम्म भियतनाको भ्रमण गरेका थिए ।

भियतनामको भ्रणपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडियाको भ्रमण कालागि गएका थिए । दुबै देशको भ्रमण पूरा गरी बुधबार बेलुका प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमणका बेला भियतनामसँग हवाई सम्झौता, आर्थिक, व्यापार र लगानी, पर्यटनका क्षेत्रमा सहकार्यका लागि सम्झौतासमेत भएको छ ।